यी हुन् आयात धेरै भएका तर निर्यात शून्य रहेका ५ उत्पादन

काठमाडौं, ११ चैत । नेपालको व्यापार घाटा साढे ८ खर्ब रुपैयाँबाट माथि लागेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्यांक अनुसार व्यापार घाटा साढे ८ खर्ब रुपैयाँ नाघेको हो ।

विभागको तथ्यांक अनुसार सो समयमा करिब ९ खर्ब ४३ अर्ब ९९ करोड रुपैयाँ बराबरको बस्तु आयात भएकोमा ८० अर्ब ७७ करोड रुपैयाँको मात्रै निर्यात भयो ।

आठ महिनामा विभिन्न ९७ वटा शिर्षकमा सामान आयात भएकोमा १८ वटा सामानको निर्यात शून्य रहेको छ । निर्यात भएका मध्येका पनि धेरैजसो सामानको निर्यात दर निकै कम छ ।

निर्यात शुन्य रहेका १८ मध्ये आयात धेरै भएका तर निर्यात शून्य रहेका ५ उत्पादन निम्न छन् ।

१. पेट्रोलियम पदार्थ

पेट्रोलियम पदार्थ चालु आर्थिक वर्षको आठ महिनामा सबैभन्दा धेरै आयात भएको सामान पनि हो ।

पेट्रोलियम पदार्थको निर्यात सो समयमा शुन्य रहेको छ । विभागको तथ्यांक अनुसार सो समयमा १ खर्ब २१ अर्ब ६१ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भयो ।

२. मलहरु

रासायानिक देखि अन्य विभिन्न प्रकारका मलहरुको निर्यात पनि चालु आर्थिक वर्षको फागुन मसान्तसम्म शून्य रहेको छ । सो समयमा कुल १५ अर्ब ५५ करोड ५९ लाख रुपेयाँ बराबरको मल आयात भए ।

३. एल्बमिनोइडल पदार्थ

एल्बमिनोइडल पदार्थ पनि धेरै आयात भएर निर्या शुन्य हुने पदार्थको तेस्रो सम्बरमा छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको आठ महिनामा कुल १ अर्ब ७६ ८४ लाख रुपैयाँको एल्बमिनोइडल पदार्थ आयात हुँदा निर्यात भने शून्य रह्यो ।

४. माछा र अन्य जलीय प्राणी

विभागको तथ्यांक अनुसार गएको आठ महिनामा माछा र अन्य जलीय प्राणीको निर्यात पनि शुन्य नै रह्यो । सो समयमा माछा र अन्य जलीय प्राणी १ अर्ब १७ करोड ४८ लाख रुपैयाँ मूल्य बराबरको आयात भयो ।

५. जीवित जनावर

चालु आर्थिक वर्षको आठ महिनामा १ अर्ब १० करोड ६४ लाख रुपैयाँ बराबरको जीवित जनावर आयात भएको विभागको तथ्यांकले देखाउछ । तर, १ अर्ब १० करोड रुपैयाँभन्दा धेरै मूल्यको जीवित जनावर आयात हुँदा यसको निर्यात भने शून्य नै रह्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here