अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने नबिल बैंकको ‘नबिल आई कार्ड’

काठमाडौं । अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्रलाई मध्यनजर राख्दै नबिल बैंकले यूएस डलर नबिल आई कार्ड ल्याएको छ ।

यस बैंकमा खाता भएका ग्राहकहरुले उक्त कार्ड मार्फत वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको इ कमर्स साइड मार्फत अनलाइन सपिङ गरी भारत बाहेक विश्व भर भुक्तानी गर्न सक्ने बैंकले बताएको छ ।

सो कार्ड लिनको लागि ग्राहकहरुको खाता संगै प्यान कार्ड पनि अनिवार्य हुने छ । ग्राहकले एकै पटक वा पटक पटक गरि एक बर्षमा अमेरिकी डलर ५०० बराबर को परिवर्त्य विदेशी मुद«ाको सटही गर्न सक्ने बैंकले बताएको छ ।

बैंकले देशभर ११९ शाखा, १८५ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट मार्फत सेवा प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here