लगानीकर्ताको रोजाइमा निफ्राको शेयर, एक घण्टामै साढे २४ करोडको कारोबार

काठमाडौं, ११ चैत । बुधबार लगानीकर्ताको रोजाइमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक ‘निफ्रा’को शेयर परेको छ ।

बजार खुलेको एक घण्टामै २४ करोड ५६ लाख ४३ हजारको कारोबार गर्दै समाचार तयार पार्दाको समयसम्ममा निफ्रा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीको रुपमा रहेको छ ।

अहिलेसम्म कम्पनीको ४ लाख ६१ हजार ६ सय १९ कित्ता शेयर किनबेच भईसकेको छ । अहिलेसम्म कम्पनीको शेयर मूल्य ३२ रुपैयाँले बढेर प्रतिकित्ता ५ सय ७२ रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here