शेयर बजारमा उछाल, नेप्से ४१ अंकले बढ्दा ६ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं, ११ चैत । साताको चौंथो दिन आजपनि शेयर बजारमा उछाल देखिएको छ । बुधबार नेप्से परिसूचक ४१.३६ अंकले बढेर २५७०.३१ अंकमा पुग्यो । हो संख्या मंगलबारको तुलनामा १.६४ प्रतिशत बढी हो ।

आज कारोबार रकममा पनि वृद्धि भएको छ । बुधबार २०८ कम्पनीको १ करोड ६९ लाख ३४ हजार ८ सय ९३ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६७ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

बुधबार ६ वटा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । पोजेटिभ सर्किट लाग्नेमा साल्ट ट्रेडिङ, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, चन्द्रागिरी हिल्स, आएसडिसी लघुवित्त, माउन्टेन हाइड्रो र कालिका पावर कम्पनी छन् ।

सबैभन्दा धेरै गुमाउनेमा राइरङ हाइड्रोका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ३.६० प्रतिशत घट्यो ।

बुधबार सबभन्दा धेरै कारोबार नेपाल इन्फास्ट्रक्चर बैंकले गर्यो । बैंकले ६५ करोड १५ लाख रुपैयाँको कारोबार गर्यो ।

त्यस्तै, दोस्रो स्थानमा रहेको अप्पर तामोकोशीले ४१ करोड ५७ लाखको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here