लगानीकर्ताको रोजाइमा पर्न ‘निफ्रा’ र अपर तामाकोशीको प्रतिस्पर्धा, कति भयो किनबेच ?

काठमाडौं, ११ चैत । बुधबार लगानीकर्ताको रोजाइमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक ‘निफ्रा’को शेयर परेको छ । मंगलबार लगानीकर्ताको पहिलो नम्बरमा परेको निफ्राको शेयरले सर्वाधिक कारोबार गर्ने सूचीको अग्रस्थानलाई निरन्तरता दिएको हो ।

त्यसदिन निफ्राको ६५ करोड १५ लाख १ हजार ६९५ रुपैयाँ बराबरको ११ लाख ४० हजार ९७३ कित्ता शेयर खरिद–बिक्री भएको छ । ५४० रुपैयाँमा कारोबार खुलेको उक्त कम्पनीको शेयर मूल्य ४१ रुपैयाँ बढ्दै ५८१ रुपैयाँमा कारोबार बन्द भएको छ ।

अपर तामाकोशीको शेयर सर्वाधिक कारोबार गर्ने सूचीको दोस्रो स्थानमा परेको हो । तामाकोशीको ४१ करोड ५७ लाख ६० हजार २१३ रुपैयाँ बराबरको ५ लाख ६० हजार ५० कित्ता शेयर किनबेच भएको छ ।

७९८ रुपैयाँमा कारोबार खुलेको उक्त कम्पनीको शेयर मूल्य २६ रुपैयाँ घट्दै ७७२ रुपैयाँमा कारोबार बन्द भएको छ ।

आज सेयर बजार मापक सूचक नेप्से ४१.३० अंकले बढेर २५७०.२५ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०८ कम्पनीको ६ अर्ब ६७ करोड ४४ लाख २३ हजार ९४१ रुपैयाँ बराबरको १ करोड ६९ लाख ३४ हजार ८९३ कित्ता सेयर किनबेच भएका छन् ।

बुधबारर कारोबारमा आएका १३ वटा समूहमध्ये हाइड्रोपावर बाहेक अरुसबै समूहको परिसूचकमा हरियाली छाएको छ । व्यापार समूह सबैभन्दा धेरै ३८१.११ अंकले बढेको छ भने हाइड्रोपावर समूह १४.९५ अंकले घटेको छ ।

कारोबारमा आएका २०८ कम्पनीमध्ये १६४ कम्पनीको सेयर मूल्य बढेको छ भने २४ कम्पनीको मूल्यमा गिरावट आएको छ । १८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here