स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत लाभांश पारित

काठमाडौं, ११ चैत । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १९ औं वार्षिक साधारण सभा बुधवार काठमाडौंमा सम्पन्न भएको छ ।

संचालक समितिका अध्यक्ष राम कुमार श्रेष्ठको अध्यक्षतामा बसेको सभाले २० प्रतिशत लाभांश पारित गरेको छ ।

सभाले शेयरधनीलाई १९ प्रतिशत बोनस र १ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ मा रु.३१ करोड ९१ लाख २६ हजार ७ सय ९१ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । साधारण सभाले आ.व. २०७६/७७ को वासलात, नाफा–नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ ।

चालु आ.व.को पौष मसान्तसम्म ६१ जिल्लाका १४० शाखा÷उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालयबाट २ लाख ४६ हजार ९ सय ८६ महिला ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

सो अवधिमा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जा रकम रु.१६ अर्व ५५ करोड २५ लाख पुगेको छ । वित्तीय संस्थाको आन्तरिक पूँजी निर्माणमा सहयोग पुग्ने सदस्यको बचत यस अवधिसम्ममा रु.१० अर्व १० करोड ०५ लाख १७ हजार रहेको छ ।

राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाका रुपमा कारोवार गरिरहेको र वित्तीय पहुँच कम रहेका देशका विभिन्न हिमाली तथा पहाडी ग्रामीण क्षेत्रमा कार्यक्षेत्र विस्तारको योजना साथ अगाडि बढेको संस्थाको अधिकृत पूँजी १ अर्ब रुपैयाँ छ ।

साधारण सभाले जारी तथा चुक्ता पूँजी रु.९४ करोड ३० लाख कायम गर्ने निर्णय गरेको छ । उक्त साधारणसभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकमा राम प्रसाद पाण्डेलाई निर्विरोध निर्वाचित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here