‘फाइभ-जी’ परीक्षणको तयारीमा टेलिकम, एकैपटक चार शहरमा परीक्षण गरिने

काठमाडौं १२ चैत । नेपाल टेलिकमले पाचौं पुस्ताको इन्टरनेट ‘फाइभ-जी’ नेटवर्क परीक्षणको तयारी सुरू गरेको छ ।

नेपाल टेलिकमका प्रवत्ता राजेश जोशीका अनुसार प्रविधिको, विकास र जनताको माग अनुसार टेलिकमले देशका विभिन्न ४ वटा ठाउमा ‘फाइभ-जी’को परीक्षण गर्ने तयारी गरिरहेको छ ।

हामी अहिले देशका विभिन्न ४ वटा शहरमा फाइभजीको परीक्षणको तयारीमा छौं । शीले भने, अहिले नै कुन ठाँउमा परीक्षण गर्ने भन्ने त छैन । तर, यसको टुंगो पनि छिट्टै लगाउछौं ।

फ्रिक्वेन्सीको लागि अनुमति पाएसंगै यसले तत्काल निरन्तरता पाउने जोशीले बताए । हामी तत्कालको लागि फ्रिक्वेन्सीको अनुमति पर्खिरहेका छौं ।

उनले क्लाउड पत्रिकासंग भने, त्यसको अनुमानि पाएपछि हामी फाइभजीको परीक्षण तत्काल सुरू गर्छौ । फोरजी कै कतिपय सामानले फाइभ जी परीक्षण गर्न सहयोग गर्ने प्रवत्ता जोशीले बताए ।

फोरजीमा प्रयोग भएका सामानले फाइभजी बिस्तारमा सहयोग गर्छ । उनले भने, त्यसकारण फाइभ जी परीक्षणमा सहयोग पुग्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here