भारतमा पछिल्लो २४ घण्टामा ५९ हजार भन्दा बढीमा संक्रमण, २५७ जनाको मृत्यु

काठमाडौं, १३ चैत । भारतमा पछिल्लो २४ घण्टामा ५९ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५९ हजार ६९ जननामा कोरोना संक्रमण पुष्टि भएको हो र योसँगै त्यहाँ संक्रमितको संख्या १ करोड १८ लाख ४६ हजार ८२ पुगेको छ ।

एकैदिन संक्रमित पुष्टि भएको यो संख्या भारतमा यो वर्षकै धेरै भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । हिजो बिहीवार यो वर्षकै दोस्रो धेरै ५३ हजार ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा भारतमा थप २५७ जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा महाराष्ट्रमा मात्रै ३५ हजार ९ सय ५२ जना नयाँ संक्रमित भेटिएका छन् ।

भारतमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ करोड १२ लाख ६२ हजार ५०३ रहेको छ भने सक्रिय संक्रमितको संख्या ४ लाख २२ हजार ५९६ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here