अचार धेरै खाने बानी छ ? निम्त्याउन सक्छ यस्तो समस्या

काठमाडौं । अचार मन नपराउने सायदै कोही होलान् । अचारले खानाको स्वाद बढाउँछ । त्यसैले यो सबैको प्यारो छ ।

मानिसहरु समयको अभाबले गर्दा घरमा बनाएको अचारभन्दा बडी बजारमा पाइने तयारी अचार खाने गर्छन् । यस्ता खालका अचार धेरै खानु स्वास्थ्यको लागी निकै हानिकारक छ । बाहिरी अचारमा विभिन्न रसायन तत्व मिसाएको हुन्छ । जसले हाम्रो शरीरमा नकारात्मक असर पुर्याउँछ । त्यसैले हामीले अचार खाँदा ध्यान पुर्याउनु पर्छ । मिठोपनको लागी हामीले हाम्रो स्वास्थ्यमा लापरवाही गर्न हुदैन ।

अचार खाँदा शरीरमा पर्ने असरहरु यस प्रकार छन् :

१. कोलेस्ट्रोल बढ्छ

अचारमा तेलको मात्रा धेरै हुन्छ । यसमा प्रयोग हुने मसला राम्रोसँग पाकेको हुदैन । त्यसैले यस्ता खालका अचार खाँदा हाम्रो शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्ने गर्छ ।

२. एसिडिटी

अचारको प्रयोगले पेटमा अम्लियतालाई बढाउँछ जसका कारण यसको अत्यधिक सेवनले एसिडीटी, ग्यास अमिलो डकार आदि समस्याहरु उत्पन्न हुन सक्छन् ।

३. उच्च रक्तचाप

अचारमा नुन धेरै प्रयोग गरिएको हुन्छ । यसले गर्दा हाम्रो शरीरमा सोडियमको मात्रा बढ्छ । सोडियमले रक्तचापलाई बढाउने काम गर्छ । त्यसैले अचारको बडी प्रयोगले उच्च रक्तचापको समस्या हुने गर्छ ।

४. अल्सर

अचारमा पाइने मसला र अमिलोपनले पेटमा ग्याँसको मात्र बढाउँछ । जसले गर्दा आन्द्रामा घाउ हुने सम्भावना बडी हुन्छ । त्यसैले मानिसहरुलाई अल्सरले सताउने गर्छ ।

५. हानिकारक रसायन

अचार बनाउन र त्यसलाई सुरक्षित राख्नका लागि चिजहरु प्रयोग गरिन्छ, त्यो शरीरका लागि हानिकारक हुन्छ र एसिडिटीको लागि जिम्मेवार हुन्छ ।(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here