शेयर बजारमा उछाल, नेप्से ३२ अंकले बढ्दा ६ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं, १७ चैत । साताको दोस्रो कारोबार दिन आज शेयर बजारमा उछाल देखिएको छ । मंगलबार नेप्से परिसूचक ३२.१५ अंकले बढेर २५७५.६६ अंकमा पुगेको छ ।

मंगलबार राम्रा र बलिया कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । आज सेन्सेटिभ इन्डेक्स ६.१९ अंकले बढेर ४५६.१० अंकमा पुगेको छ ।

आज कारोबारमा आएका मध्ये ट्रेडिङ र उत्पादन तथा प्रशोधन बाहेक अन्य सबै समुहको सूचक बढ्यो ।

मंगलबार सबैभन्दा धेरै जलविद्युत समुहको सूचक बढ्यो । जलविद्युतको सूचक ४.१४ प्रतिशत बढ्यो । त्यस्तै, होटल एण्ड टुरिजमको ३.२५ प्रतिशत, लघुवित्तको ३.२० प्रतिशत बढ्यो ।

आज २०९ कम्पनीको १ करोड २२ लाख ९ हजार ९७६ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १८ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

मंगलबार ६ कम्पनीका लगानीकर्ता मालामाल भए । आज सबैभन्दा धेरै ओमी लघुवित्तको शेयर धनीले कमाए । लघुवित्तको शेयर मूल्य ९.९९ प्रतिशत बढ्यो । त्यस्तै, शानिमा जनरल इन्स्योरेन्स ९.९७ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै यूनाईटेड मार्दीका शेयर धनीले गुमाए । कम्पनीको शेयर मूल्य ५.२३ प्रतिशत घट्यो । त्यस्तै, नेपाल इन्फास्ट्रक्चर बैंकको २.३१ प्रतिशत घट्यो ।

मंगलबार सबैभन्दा धेरै कारोबार नेपाल इन्फास्ट्रक्चर बैंकले गर्यो । बैंकले ४८ करोड रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here