लगानीकर्ताको रोजाइमा ‘निफ्रा’, कति भयो किनबेच ?

काठमाडौं, १७ चैत । मंगलबार लगानीकर्ताको रोजाइमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक ‘निफ्रा’को शेयर परेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा निफ्रा पहिलो नम्बरमा देखिएको हो । त्यसदिन निफ्राको ४८ करोड ९४ हजार २७१ रुपैयाँ बराबरको ८ लाख २ हजार १६७ कित्ता सेयर खरिद–बिक्री भएको छ।

६०६ रुपैयाँमा कारोबार शुरु भएको निफ्राको शेयर मूल्य १४ रुपैयाँ घटेर प्रतिकित्ता ५९२ रुपैयाँ कारोबार बन्द भएको छ । कारोबार रकमकै आधारमा निर्धन उत्थान लघुवित्त ४३ करोड र एनएलजी इन्स्योरेन्स ३३ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

दोहोरो अंकले बढेको बजारमा आज ५ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । वोमी लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र समिट लघुवित्तका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here