बुधबारबाट कालीमाटीमा किसानलाई छुट्टै स्टल, दुई दिन नि:शुल्क राख्न पाईने

काठमाडौं, १७ चैत । देशकै ठूलो फलफूल तथा तरकारी बजार कालीमाटीमा बुधबारबाट किसानको छुट्टै तरकारी स्टल राखिने भएको छ ।

किसानको छुट्टै तरकारी स्टल राख्नको लागि सम्पुर्ण तयारी पूरा भएको कारण बुधबारबाट नै स्टल राखिने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।

‘हामीले किसानको छुट्टै तरकारी स्टल राख्नको लागि सम्पुर्ण तयारी पूरा गरिसकेका छौं ।’ सूचना अधिकारी श्रेठले क्लाउड पत्रिकासंग भने, ‘भोलिबाट नै कालिमाटी तरकारी बजारमा किसानको आफ्नै तरकारी स्टल सञ्चालनमा आउँछ ।’

दुई दिन नि:शुल्क राख्न पाईने

यसअघि २ टन सम्मको तरकरी स्टलमा राख्दा प्रतिदिन ५ सय रुपैयाँ शुल्क लाग्ने भनिएकोमा चैत १८ र १९ गते दुई दिन परिक्षणको लागि शुल्क नलिने व्यवस्था गरेको समेत कालीमाटी तरकारी बजारका सूचना अधिकारी श्रेष्ठले बताए ।

‘यसअघि हामीले २ टन सम्मको तरकरी स्टलमा राख्दा प्रतिदिन ५ सय रुपैयाँ शुल्क लाग्ने निर्णय गरेका थियौं । तर, यो कति प्रभावकारी हुन्छ भन्नको लागि परिक्षण गर्ने उदेश्यले दुई दिन भने स्टल राख्न पाउने व्यवस्था गरेका छौं ।’ सूचना आकिारी श्रेष्ठले भने ।

दुई दिन पछि भने २ टन सम्मको तरकरीको शुल्क प्रतिदिन ५ सय रुपैयाँ र २ टनभन्दा धेरै तरकारी भएको अवस्थामा प्रतिकेजी २० पैसाको दरले मूल्य बढ्दै जानेछ ।

तरकारी बजारमा किसानले दैनिक २० घण्टा आफ्नो तरकारी राख्न पाउनेछन् । कालीमाटी तरकारी बजारको ४५ रोपनी क्षेत्रफलमा हाल ५ सय १५ वटा खुद्रा र थोक स्टलमा व्यापारीहरुले तरकारीको व्यापार गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here