थप १६७ जनामा कोरोना पुष्टि, तीन जनाको मृत्यु

काठमाडौं, १७ चैत । नेपालमा थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा ३१४० जनाको पीसीआर परीक्षण गर्दा १६७ जनामा संक्रमण पुष्टि भएको हो।

यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७७ हजार १४७ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ११५ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ७२७ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या १ हजार ३ सय ९० रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ जना रहेको छ । त्यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here