सिभिल बैंक र आइसनबीच सम्झौता, बैंकका ग्राहकलाई ७ राष्ट्रमा उपचारमा छुट

काठमाडौं, १७ चैत । सिभिल बैंक लिमिटेड र आइसनबीच सहकार्य गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा बैंककातर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंगका प्रमुख भोलाबहादूर विष्ट तथा आइसनका तर्फबाट कन्ट्रिविजिनेस डेभलपमेन्ट म्यानेजर आरती श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौतापत्र अनुसार सिभिल बैंकका कर्मचारी, ग्राहकतथा सम्वन्धित परिवारले आइसनसँग सात राष्ट्रहरु (भारत, थाईल्याण्ड, मलेशीया, सिंगापुर, ईजिप्ट, अमेरिका र बेलायत) मा अनुवन्धित ६४ अन्तराष्ट्रिय स्वास्थ्य संस्थाहरुमा औषधोपचार गराउँदा तथा स्वास्थ्य परामर्श लिँदा प्रथम पटक ७ प्रतिशत छूट पाउने तथा द्वितीय पटकदेखि थप ५ प्रतिशत समेत गरी कूल १२ प्रतिशत छूट पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here