जग्दम्बा सिमेन्टद्वारा निर्माणविज्ञहरुसँग विशेष भेटघाट

काठमाडौं, १७ चैत । निर्माण एक्स्पर्टहरुसँगको सहकार्य र समन्वयले मात्र राष्ट्रको समृद्धि हुन सक्ने कुरालाई मनन गर्दै जग्दम्बा सिमेन्टले चरिकोटमा ४५ भन्दा धरै निर्माणकर्मी, इन्जिनियर, आयोजना प्रमुख लगायतसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

“तपाईको सुरक्षामा साथ छ जगदम्बा सिमेन्टको”भन्ने मूल नारालाई आत्मसात गर्दै संरचनाहरु भुकम्प प्रतिरोधात्मक बनाउन गुणस्तरीय निर्माण सामाग्रीका प्रयोगका साथै दक्ष जनशक्तिहरुबाट निर्माण सम्पन्न गर्नुपर्ने कुरा कम्पनीका बिक्री प्रबन्धक नवराज भुर्तेलले प्रष्ट पारे ।

विज्ञसँगको परामर्श, कुशल जनशक्तिको प्रयोग र गुणस्तरीय निर्माण सामग्रीले मात्र निर्माण दिगो हुने कुरा कम्पनीका उपमहाप्रबन्धक यवम् इन्जिनियर सुनिल पौडेलले बताए ।

भूकम्प प्रतिरोधात्मक निर्माण विधि हाम्रो जस्तो देशको संरचनामा निर्माणमा अपरिहार्य रहेको छ भन्ने कुरा प्रष्ट पार्दै यस्ता जन चेतनामूलक नेपालका अन्य सहरहरुमा गर्दै जाने प्रतिवद्धता कम्पनीका क्षेत्रीय बिक्री प्रवन्धक मधुर रिजालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here