यी हुन् लगानीकर्ताको रोजाइमा रहेका ५ कम्पनी, कुनको कारोबार कति ?

काठमाडौं, १८ चैत । बुधबार लगानीकर्ताको रोजाइमा जलविद्युत लगानी तथा विकास कम्पनीको शेयर परेको छ ।

कारोबार शुरु भएदेखि माग उच्च रहदै आएको एचआइडीसीएलको शेयर सर्वाधिक कारोबार गर्ने सूचीको अग्रस्थानमा परेको हो । शतप्रतिशत हकप्रद शेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागसँगै उक्त कम्पनीको शेयरको माग उच्च भएको हो ।

त्यसदिन एचआइडीसीएलको ३६ करोड ३७ लाख ५३ हजार ९६० रुपैयाँ बराबरको ७ लाख ९९ हजार २५३ कित्ता शेयर किनबेच भएको छ । ४३२ रुपैयाँमा कारोबार खुलेको उक्त कम्पनीको शेयर मूल्य ३८ रुपैयाँ बढ्दै ४७० रुपैयाँमा कारोबार बन्द भएको छ ।

त्यसदिन आपर तामाकोशीको शेयर कारोबारको आधारमा दोस्रो नम्बरमा परेको छ । त्यसदिन अपरको ३१ करोड ९७ लाख ६ हजार १९ रुपैयाँ बराबरको ३ लाख ५४ हजार २६ कित्ता शेयर खरिद–बिक्री भएको छ ।

८६७ रुपैयाँमा कारोबार खुलेको उक्त कम्पनीको शेयर मूल्य ३१ रुपैयाँ बढ्दै ८९८ रुपैयाँमा कारोबार बन्द भएको छ ।

निफ्राको शेयर कारोबारको आधारमा तेस्रो नम्बरमा परेको छ । निफ्राको ३० करोड २६ लाख २३ हजार ४४६ रुपैयाँ बराबरको ५ लाख ८ हजार १८७ कित्ता शेयर खरिद–बिक्री भएको छ । ५९२ रुपैयाँमा कारोबार खुलेको उक्त कम्पनीको शेयर मूल्य १ रुपैयाँ बढ्दै ५९३ रुपैयाँमा कारोबार बन्द भएको छ ।

नविल बैक कारोबारको आधारमा चौंथो नम्बरमा परेको छ । नबिलको २४ करोड ७ लाख ४२ हजार ४१८ रुपैयाँ बराबरको १ लाख ८७ हजार ४७५ कित्ता शेयर खरिद–बिक्री भएको छ ।

एनआइसी एसिया बैकको शेयर कारोबारको आधारमा पाँचौं नम्बरमा परेको छ । त्यसदिन एनआइसीको १३ करोड ९० लाख २६ हजार १३८ रुपैयाँ बराबरको १ लाख ५४ हजार ५४२ कित्ता शेयर खरिद–बिक्री भएको छ ।

शेयर बजार मापक सूचक नेप्से ४३.३६ अंकले बढेर २६१९.०२ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०९ कम्पनीको ६ अर्ब १६ करोड ६८ लाख ६१ हजार ५३८ रुपैयाँ बराबरको १ करोड १२ लाख ८१ हजार ६२५ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका २०९ कम्पनीमध्ये १२९ कम्पनीको शेयर मूल्य बढेको छ भने ५६ कम्पनीको मूल्यमा गिरावट आएको छ । २४ कम्पनीको मूल्य स्थिर रहेको छ । महिला लघुवित्त, वोमी लघुवित्त, अजोड इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्सका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here