थप १६२ जनामा कोरोना पुष्टि, थपिएका मध्ये काठमाडौंमा धेरै

काठमाडौं, १८ चैत । नेपालमा थप १६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षण गर्दा १६२ जनामा संक्रमण पुष्टि भएको हो।

थपिएका मध्ये काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाहरूमा ६७ जना रहेका छन् । भक्तपुरमा ४ जना, ललितपुरमा १३ जना र काठमाडौंमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७७ हजार ३०९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ५९ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ७८६ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या १ हजार ४ सय ९३ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here