प्रशिक्षणमा फर्किए पिके, ‘एल क्लासिको’ खेल्लान ?

काठमाडौं । बार्सिलोनाका डिफेन्डर जेरार्ड पिके बुधबारबाट प्रशिक्षणमा फर्किएका छन् । स्पेनिस स्टार पिके कोपा डेल रेको सेमिफाइनलको दोस्रो लेगअन्तर्गत सेभिल्लाससँगको खेलका क्रममा घाइते भएका थिए ।

क्याप नोउमा बार्सिलोना ३–० गोलको जित निकाल्दा चोट बोकेका पिके विस्तारै चोटमुक्त हुनेक्रममा थिए । तर बुधबारबाट प्रशिक्षणमा फर्किएसँगै मुख्य प्रशिक्षक रोनाल्ड कोइम्यान खुसी देखिएका छन् ।

उनी आगामी १० अप्रिलमा हुने एल क्लासिकोका लागि तयार हुने कोइम्यानको अपेक्षा छ । क्लबका मेडिकल स्टाफले ‘ग्रिन सिग्नल’ दिएसँगै उनले रियल मड्रिडविरुद्धको खेल खेल्नेमा कोइम्यान आशावादी छन् ।

त्यसअघि बार्सिलोनाले ला लिगामै रियल भाल्लाडोलिडसँग खेल्दैछ । उक्त खेलमा नै उनले पुनरागमन गर्नसक्नेछन् । तथापि, रियलविरुद्ध भने उनले शतप्रतिशत कमब्याक गर्नेमा कोइम्यान विश्वस्त छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here