काठमाडौं, १९ चैत । साञ्जेन जलविद्युत कम्पनी लिमिटेडको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
विहिबार जलविद्युत शेयर मूल्य १० प्रतिशत बढेर पोजेटिभ लागेको हो । कम्पनीको शेयर ३५ रुपैयाँ बढेर ३८५ रुपैयाँमा कारोबार भैरहेको छ ।
राष्ट्रिय महत्वको साञ्जेन जलविद्युत निर्माणको अन्तिम चरणमा रहेको कारण लगानीकर्ताको रोजाइमा पर्न गएको हो ।