अब युट्युवको डिसलाईक लुकाउन मिल्ने

काठमाडौं । गुगलको भिडियो प्लेटफर्म युट्युवले डिसलाईक लुकाउन मिल्ने नयाँ फिचर्स ल्याउने भएको छ ।

कम्पनीले यस सुविधा भिडियो निर्माताहरूलाई निराशाबाट बचाउनको लागि ल्याउन लागेको बताएको छ । केही व्यक्तिहरूले जानाजानी सिर्जनाकर्ताहरूको रेटिंग र च्यानलका भिडियोलाई असफल पार्नको लागि डिसलाईक गर्ने गरेको कारण यस्तो सुविधा ल्यान लागेको कम्पनीको भनाई छ । यसका अलवा राजनीतिक संगठनहरू पनि आफ्ना विपक्षीलाई तल पार्नको लागि यसो गर्ने गरेको कम्पनीको भनाई छ ।

जानाजानी गरिने डिसलाईकमा लगाम लाग्ने आशा

रिपोर्टका अनुसार कम्पनीले यस सुविधा जानाजानी गरिएका डिसलाईक रोक्नको लागि ल्याएको हो । अहिले युट्युवमा लाईक र डिसलाईकको बटन देखिन्छ । तर, यस सुविधा पछि लाइक बटन मात्रै देख्न पाईने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here