लगानीकर्ताको रोजाइमा पुनर्बीमादेखि अपर तामाकोशीसम्म, कुनको कारोबार कति ?

काठमाडौं, १९ चैत । साताको अन्तिम कारोबार हुनेदिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

त्यसदिन लगानीकर्ताको पहिलो रोजाइमा अपर तामाकोशीको शेयर परेको छ । कारोबार शुरु भएदेखि माग उच्च रहदै आएको अपरको शेयर सर्वाधिक कारोबार गर्ने सूचीको अग्रस्थानमा परेको हो ।

त्यसदिन अपरको ३० करोड २२ लाख ७२ हजार ६८८ रुपैयाँ बराबरको ३ लाख ४२ हजार ३२९ कित्ता शेयर खरिद–बिक्री भएको छ ।

८९८ रुपैयाँमा कारोबार खुलेको उक्त कम्पनीको शेयर मूल्य १८रुपैयाँ घट्दै ८८० रुपैयाँमा कारोबार बन्द भएको छ ।

जलविद्युत लगानी तथा विकास कम्पनीको शेयर कारोबारको आधारमा दोस्रो नम्बरमा परेको छ । त्यसदिन एचआइडीसीएलको २४ करोड ४० लाख ३२ हजार ५९० रुपैयाँ बराबरको ५ लाख ४० हजार ३८९ कित्ता शेयर किनबेच भएको छ ।

४७० रुपैयाँमा कारोबार खुलेको उक्त कम्पनीको शेयर मूल्य २६ रुपैयाँ घट्दै ४४४ रुपैयाँमा कारोबार बन्द भएको छ ।

कारोबारको तेस्रो नम्बरमा अपी पावर कम्पनीको शेयर परेको छ । त्यसदिन अपीपावरको २४ करोड ७६१ रुपैयाँ बराबरको ७ लाख ११ हजार २५३ कित्ता शेयर खरिद–बिक्री भएको छ ।

कारोबारको चौंथो नम्बररमा पुनर्बीमा कम्पनीको शेयर परेको छ । त्यसदिन पुनर्बीमाको २१ करोड ७४ लाख ३७ हजार १४६ रुपैयाँ बराबरको १ लाख ४९ हजार २६६ कित्ता शेयर खरिद–बिक्री भएको छ ।

१४२४ मा कारोबार सुरु भएको पुनर्बीमा कम्पनीको शेयर मूल्य ३० रुपैयाँ बढ्दै १४५४ रुपैयाँ पुगेर कारोबार बन्द भएको छ ।

कारोबारको पाँचौं नम्बरमा दूरसञ्चार कम्पनीको शेगर परेको छ । त्यसदिन दूरसञ्चारको १६ करोड ४३ लाख ६८ हजार २४ रुपैयाँ बराबरको १ लाख २९ हजार ७९२ कित्ता शेयर खरिद–बिक्री भएको छ ।

विहिबार शेयर बजार मापक सूचक नेप्से १२८८अंकले बढेर २६३१.९० विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २ सय १८ कम्पनीका १ करोड ४३ लाख ९० हजार ४ सय ४७ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम ७ अर्ब २५ करोड ९ लाख २४ हजार १ सय २४ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here