थप १५२ जनामा कोरोना पुष्टि, ६५ जना डिस्चार्ज

काठमाडौं, १९ चैत । नेपालमा थप १५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षण गर्दा १५२ जनामा संक्रमण पुष्टि भएको हो।

यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७७ हजार ४६१ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ६५ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ८५१ जना पुगेको मन्त्रालयले जनाएको छ ।

संक्रिय संक्रमितको संख्या १ हजार ५ सय ७९ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ जना रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३१ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here