दैनिक अनार खानुका यस्ता छन् आश्चर्यजनक फाईदा

काठमाडौं । अनार खानु हाम्रो स्वास्थ्यको लागि धेरै फाइदाजनक कुरा हो र यसका अविस्वासिलो फाइदा रहेको धेरै अध्यनहरुले बताएको छ ।

यसले विभिन्न रोगको जोखिम लाई कम गर्दछ र यसमा विभिन्न प्रकारका पौष्टिक तत्व रहेको हुन्छ जस्तैः फाइबर, प्रोटिन, भिटामिन सी, भिटामिन के, फोलेट र पोटासियम रहेको हुन्छ । अनार मुटु रोग,यौन समस्या,क्यान्सर जस्ता रोगका लागि समेत राम्रो मानिन्छ । थप अरु फाइदाहरु तल पुस्टि गरिएको छ ।

छालालाई फाईदा

च्याउरी, आँखा मुनि आउने कालो धब्बा, पिम्पल लगायतका समस्या बाट बचाँउछ ।

कलेजोको उपचार

अनारको जुसले कलेजको रक्षा मात्रा गर्दैन बरु मदिरा वा अन्य पर्दाथले कलेजोमा कुनै प्रकारको हानी गरेमा उपचारको काम पनि गर्छ । कलेजोलाई प्रभावकारी ढंगले कार्य गर्न सहयोग गर्छ ।

कपालको रक्षा

नियमित रुपमा अनार खाँदा कपाललाई बलियो बनाउँछ र झर्नबाट बचाउँछ ।

रक्त अल्पताबाट जोगाउँछ

अनारको जुसमा प्रशस्त मात्रामा आइरन हुन्छ । मासिकधर्म वा गर्भवती अवस्थामा रक्तअल्पमा यसको जुस निकै लाभदायक मानिन्छ ।

रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ

यसमा हुने एन्टिव्याक्टेरियल र एन्टि माइक्रोबायल गुणले भाइरसबिरुद्ध लड्न सक्ने र रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ । यसमा हुने भिटामिन सीले भाइरसका कारण शरिरमा हुने संक्रमणबिरुद्ध जुध्न सहयोग गर्छ ।

गर्भवती महिलालाई फाइदा

अनारमा हुने भिटामिन, खनिजले समय नपुगी बच्चा जन्मने खतराबाट बचाउने तथा बच्चाको तौल बढाउन मद्धत गर्छ । अनारमा हुने पोटासियमले गर्भवती महिलालाई मर्निङ सिकनेसबाट बचाउँछ ।

पखला निको पार्छ

ताजा अनारले पखला लागेका र रगतमासी भएका बिरामीलाई तुरुन्तै राहत दिन्छ ।

कोलेस्टोल घटाउँछ

अनार एन्टिअक्सिडियन्टयुक्त फल हो । यसले शरिरको खराब कोलेस्टेरोल घटाउन सहयोग गर्छ ।

उच्च रक्तचाप नियन्त्रण गर्छ

अनारले रक्त नलीमा हुने सम्भावित हानीबाट जोगाउँछ । रगतलाई पातलो बनाई शरिरभर रगतको प्रवाह छरितो बनाउँछ ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here