नेपाल टेलिकमलाई ‘फाइभ-जी’ परीक्षणको अनुमति

काठमाडौं, १९ चैत । नेपाल टेलिकमले ‘फाइभ-जी’ परीक्षणको स्वीकृती पाएको छ । सूचना प्रविधि तथा सञ्चार मन्त्री पार्वत गुरुङ अध्यक्ष रहेको ‘रेडियो फ्रिक्वेन्सी निर्धारण समिति’ ले टेलिकममार्फत फाइभजी परीक्षण गर्न एक वर्षको लागि स्वीकृति दिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले नेपालमा फाइभजी परिक्षण आवश्यक परेकाले नेपाल टेलिकमलाई एक वर्षसम्म देशैभरी परीक्षणका लागि स्वीकृति दिएको क्लाउड पत्रिकालाई बताए ।

‘यसको निर्णय त फागुन ९ गते नै भएको थियो । तर, हामीले टेलिकमलाई पत्र पठाएको भने छैन् यसको लागि काम भईरहेको छ प्रवक्ता पौडेलले क्लाउड पत्रिकासँग भने ।’

नेपाल टेलिकमको प्रवक्ता राजेश जोशीले अनुसार लिखित पत्र नआएपनि फाइभजी परिक्षणका लागि टेलिकमले स्वीकृति पाएको बताए ।

‘हामीले लिखित पत्र पाएका छैनौं, तर, फाइभजी परिक्षणका लागि टेलिकमले स्वीकृति पायो भन्ने सूचना धने पाएका छौं ।’ प्रवक्ता जोशीले क्लाउड पत्रिकासँग भने ।

‘फाइभ-जी’ परिक्षण टेलिकमले स्वीकृति पाएपनि कुन–कुन फ्रिक्वेन्सीमा ‘फाइभ-जी’ चलाउने भन्ने निर्धारण भएको छैन् ।

हाल उपलब्ध रहेका रेडियो फ्रिक्वेन्सीहरु ३४ सय, ३६ सय, ७ सय, ८ सय, ९ सय, १८ सय, २३ सय, २६ सय र ३३ सय, ३३ सय, ४७ सय र २६ गिगाहर्ज ब्यान्ड मेगाहर्ज फ्रिक्वेन्सी फाइभजी प्रयोग गर्न सकिने सिफारिस गरेको प्राधिकरणले बताएको छ ।

‘फाइभ-जी’ परीक्षणको तयारीमा टेलिकम, एकैपटक चार शहरमा परीक्षण गरिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here