प्रिमियम मूल्यमा रुरु जलविद्युतको आइपीओ खुल्यो, कति भर्ने ?

काठमाडौं, २० चैत । रुरु जलविद्युत परियोजनाले प्रिमियम मूल्यमा प्राथमिक साधरण शेयर (आइपीओ) बिक्री खुल्ला गरेको छ ।

कम्पनीले सर्वसाधरणका लागि २० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १२० रुपैयाँ दरमा ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ कार्यालय समयदेखि बिक्री खुल्ला गर्न लागेको हो ।

कम्पनीले १२० रुपैयाँ दरको कुल ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ८ हजार १५४ कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा चैत २४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा आइपीओ बिक्री नभएमा वैशाख ३ गतेसम्म बिक्री खुला राख्नेछ । रु रु जलुविद्युतको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत शेयर भर्न सक्नेछन् ।

कम्पनीले गुल्मीको माथिल्लो हुग्दी खोलामा ५ मेगावाट क्षमताको विद्युत उत्पादन गरिरहेको छ । माथिल्लो हुग्दीले २०७१ चैतदेखि विद्युत उत्पादन गर्दै आएको छ । यसमा पनि माग भन्दा धेरै आवेदन पर्ने हुनाले १० कित्ता पर्नपनि भाग्यकै भरमा पर्नु पर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here