मेरोशेयरमा अझै केहीदिन समस्या आउने, यी उपाय अपनाउनुहोस्

काठमाडौं, २० चैत । आइपीओ खुल्दा वा बाँडफाँड हुँदा मेरोशेयरमा देखिदै आएका समस्या नौलो होइन् ।

साइटमा समस्या आउदा लगानीकर्ताले कुनै आइपीओ खुलेको दिन भर्न त के साइट समेत खोल्न् नसक्ने अवस्था रहदै आएको छ ।

आइपीओ भर्न कि राती कि बिहानको मौका छोप्नु पर्ने अवस्था रहेको छ । अझै अधिकांस आइपीको शुक्रबार नै खुल्ने गरेका छन् । त्यसदिन शेयर बजार बन्द रहने गरेको छ । तर पनि आइपीओ भर्न सास्ती नै हुने गरेको छ ।

सिडीएससीले मेरोशेयरको स्तरोन्नतीका लागि आवश्यक कार्य भईरहेको र सो कार्य अझै केहि दिन चल्ने भएकोले समस्या आउन सक्ने जनाएको हो ।

सिडीएसका अनुसार अझै केहि दिन मेरोशेयर नखुल्ने, लगआउट हुने जस्ता समस्या आउन सक्ने छन् ।

यदि त्यस्ता समस्या आएमा धैर्यताका साथ मेरो शेयर प्रयोग गर्न र सकेसम्म आफ्नो ब्राउजरको incognito winodw वा private window मार्फत सेवा संचालन गर्न सिडीएसले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here