८४ प्रतिशत नेपालीको पहुँचमा इन्टरनेट, डेटा प्रयोगकर्ता कति ?

काठमाडौं, २० चैत । नेपालमा विभिन्न सेवा प्रदायकमार्फत दिइएको इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या २ करोड ५४ लाख १९ हजार ३ सय २५ जना पुगेको छ । जसलाई नेपालको कुल जनसंख्यासंग तुलना गर्दा ८४.०९ प्रतिशत जनताको पुहँचमा इन्टरनेट पुगेको देखिन्छ ।

जसमा १ करोड ८५ लाख मानिसले मोबाइल डेटाबाट इन्टरनेट प्रयोग गर्ने गरेका छन् ।

नेपाल दुरसञ्चार प्राधिकरणको माघ मसान्तसम्मको म्यानेजमेन्ट इन्फरमेशन सिस्टम (एमआइएस) रिपोर्टको अनुसार नेपालमा ब्रोडव्यान्ड इन्टरनेट प्रयोगकर्ता मध्ये १ करोड ८५ लाख ८१ हजार ३ सय ५२ जनाले मोबाइल डेटाबाट इन्टरनेट प्रयोग गर्ने गरेका हुन् ।

प्राधिकरणको तथ्यांक अनुसार तारको मद्दतमा ब्रोडव्याण्ड चलाउने ६६ लाख ६ हजार ४ सय ७५ जना रहेका छन् । त्यस्तै, तारबिना ब्रोडव्याण्ड प्रयोग गर्ने मानिसको संख्या २ लाख ३१ हजार ४ सय ९८ जना रहेको छ ।

नेपाल टेलिकमको इनटरनेट प्रयोगकर्ता १ करोड २९ लाख

प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार नेपालमा मोबाइलबाट इन्टरनेट चलाउने मानिसको कुल संख्यामध्ये १ करोड २९ लाख नेपाल टेलिकमको प्रयोगकर्ता छन् ।

कुल १ करोड २९ लाख १३ हजार ९ सय २८ जना टेलिकमको मोबाइल इन्टरनेट प्रयोगकर्ता रहेकोमा फोरजी प्रयोगकर्ताको संख्या २५ लाख ४४ हजार ७ सय ३४ जना छ भने थ्रिजी प्रयोगकर्ताको संख्या ८८ लाख ६० हजार ३ सय २२ छ ।

एनसेल र स्मार्टसेल

एनसेलको मोबाइल इन्टरनेट प्रयोगकर्ताको संख्या ६८ लाख १७ हजार ५ सय ८८ जना रहेको छ । जसमा ४३ लाख २५ हजार ९ सय ३६ जनाले फोरजी प्रयोग गर्छन् भने २४ लाख ९१ हजार ६ सय ५२ जनाले थ्रिजी प्रयोग गर्छन् ।

यस्तै, स्मार्ट सेलको मोबाइलबाट इन्टरनेट चलाउने मानिसको संख्या २ लाख २२ हजार १ सय ४५ जना रहेको छ । यी सबै मानिसले फोरजी प्रयोग गर्छन् ।

एनसेल र स्मार्टको मोबाइल इन्टरनेट मात्रै छ भने नेपाल टेलिकमको एडीएसएल, एफटीटीएच, इन्टरनेट लिज लाइन र वाइम्याक्स सेवा पनि प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here