आइपीओ भर्न ‘मेरो शेयर’ खुलेन, यस्तो छ नयाँ तरिका

काठमाडौं । ‘मेरो शेयर’ मा पटक-पटक समस्या आएपछि स्तरोन्नतीका लागि आवश्यक कार्य भईरहेको छ । सिडीएस एण्ड क्लियरिङ लिमिटेडले ‘मेरो शेयर’मा सूचना प्रकाशित गर्दै यसको समस्या अझैकेही दिन रहने भन्दै सकेसम्म नयाँ तरिका प्रयोग गर्नको लागि आग्रह गरेको छ ।

उक्त काम सम्पन्न नभएसम्म ‘मेरो शेयर नखुल्ने’ तथा आफै लग आउट हुने जस्ता समस्या आउने हुनाले सेवाग्राहीले आफ्नो ब्राउजरको ‘इन्कग्निटो विन्डो’ वा ‘प्राइभेट विन्डो’ मार्फत सेवा लिन आग्रह गरेको छ । बीचमा पनि सर्भर थप्दै आएकोले हालै नयाँ सर्भर इन्स्टल गर्ने क्रममा पनि सानोतिनो समस्या आइरहेको सिडीएसले जनाकारी गराएको छ ।

कसरी प्रयोग गर्ने ‘इन्कोग्निटो विन्डो’ वा ‘प्राइभेट विन्डो’ ?

यो सेवा तपाइहरुको लागि नौलो लाग्न सक्छ , तर यसबाट सहज रुपमा सेवा लिन सकिने छ । जसको प्रयोगको लागि इन्कोग्निटो विन्डो भनेको जस्तै तपाईंले गुगल क्रोम वेवसाइट खोल्नु भएको छ भने तपाईंले त्यसको दाँयातर्फ ३ वटा डट (थोप्लो) देख्न सक्नुहुन्छ ।

त्यहाँ क्लिक गर्नु भयो भने तपाईंले न्यू इन्कोग्निटो विन्डो हेर्न सक्नुहुन्छ । वा कुनै ब्राउजर खोलिसकेपछि किबोर्डमा कन्ट्रोल प्लस सिफ्ट प्लस एन टाइम गर्नु भयो भने इन्कोग्निटो विन्डो खुल्छ । र, नयाँ आएको ब्राउजरमा मेरो शेयरको वेवसाइट लिंक टाइप गरि मेरो सेयर प्रयोग गर्न सकिने सिडिएसले जनाएको छ ।

त्यस्तै अर्को तरिका भनेको प्राइभेट विन्डो हो । तपाईंले पहिले खोलिरहेको वेव ब्राउजरभन्दा नयाँ ब्राउजर खोलेर पनि मेरो शेयर प्रयोग गर्न सक्नुहुन्छ ।

प्राइभेट विन्डो मोजिला फायरफक्स वा अन्य कुनै ब्राउजरबाट खोल्न मिल्छ । पहिलो उक्त ब्राउजर खोल्ने र ब्राउजरको एड्रेस बारको सबैभन्दा दायाँ भागमा रहेको बटमा क्लिक गनुपर्छ ।

मोजिला फायरफक्सको हकमा तीन वटा तेश्रो धर्का भएकोमा क्लिक गर्ने । (अर्थात कन्ट्रोल प्लस सिफ्ट प्लस पी एकैपटक दाब्ने) । त्यसपछि आएको अप्सनमध्ये न्यू इन्कग्निटो विन्डोमा छनोट गर्ने । र, नयाँ आएको ब्राउजरमा मेरो सेयरको वेवसाइट लिंक टाइप गरि मेरो सेयर प्रयोग गर्न सकिने सिडिएसले जनाएको छ ।

रुरु जलविद्युत परियोजनाले प्रिमियम मूल्यमा प्राथमिक साधरण शेयर (आइपीओ) बिक्री खुल्ला गरेको छ । जसको प्रभावले गर्दापनि मेरो शेयरमा चाप झनै थपिएको छ ।

कम्पनीले सर्वसाधरणका लागि २० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १२० रुपैयाँ दरमा ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ कार्यालय समयदेखि बिक्री खुल्ला गरेको हो । तर पनि आवेदकले सहज रुपमा आवेदन दिन पाएका छैन््न ।

जसको लागि चैत २४ गतेसम्म आवेदन दिन सकिने छ । एक दिन शनिवार परेकाले आवेदन दिने समय ५ दिन भएपनि लगानीकर्ताको चाप भने उत्तिकै नै रहने गरेको छ ।

नेपालमा पहिल्लो समय खुलेको आइपीओमा १८ लाख भन्दा धेरैको आवेदन पर्न थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here