प्रतितोला ९०० रुपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौ, २० चैत । शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ९०० रुपैयाँ बढ्यो ।

बिहीबार प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९०० रुपैयाँ बढ्दै प्रतितोला ८७ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आज तेजावी सुनको कारोबार मूल्य प्रतितोला ८६ हजार ९५० रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँ बढ्यो । आज चाँदीको कारोबार मूल्य प्रतितोला १२४० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here