डकुमेन्टलाई यसरी बदल्नुहोस् पीडीएफ फाइलमा

काठमाडौं, २० चैत । गुगलले डकुमेन्टलाई पीडीएफ फाइलमा बदल्ने एप विश्वभर सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

यस एपको नाम ‘गुगल स्ट्याक’ राखिएको छ । यस एपको माध्यमबाट प्रयोगकर्ताले उनीहरूको कागजातहरू स्क्यान गर्न सक्ने र यसले क्यामस्केनरले जस्तै काम गर्ने गुगलको दाबी छ ।

वर्तमान समयमा अमेरिकामा मात्रै प्रयोगमा आएको यो एप अबको केही समयमा नै विश्वभर सार्वजनिक हुने बताईएको छ ।

यसरी आयो एप बनाउने विचार

स्ट्याकको टोली नेता क्रिस्टोफर पेड्रागलले भने, ‘केहि वर्ष अघि जब म मेरो शिक्षाको शुररुवात गरेको थिएँ, म गुगलको प्रयोग धेरै नै गर्थे । मैले सोराटिक उच्च विद्यालयका विद्यार्थीहरूको लागि गुगलको कम्प्युटर भिजन र भाषा बुझ्ने केही सामग्री बनाए, जसको मद्दतमा उनीहरुले सजिलै पढ्न र बुझ्न सके । यदि हामी यही प्रविधि प्रयोग गरेर डकुमेन्टलाई पीडीएफ फाइलमा बदल्न सक्ने बनाउने निर्णय गर्यौं र यसलाई प्रयोगमा ल्यायौं ।’

डकुमेन्ट पीडीएफ फाइलमा स्क्यान हुने

पेड्रागलका अनुसार यस एपले बिल, कागजातहरू र रसिदहरू पीडीएफ फाइलमा स्क्यान गर्दछ र ती फाइलहरूलाई स्ट्याकको नाम दिनेछ । एपले तपाईंलाई आवश्यक जानकारीको लागि कागजातहरू छिटो स्क्यान गर्नेछ । एपले महत्वपूर्ण जानकारी जस्तै मिति, कुल राशि र शीर्षकहरु मुख्य रुपमा देखाउनेछ ।

फिंगरप्रिन्ट स्क्यानर

सुरक्षाको लागि अनुहार वा फिंगरप्रिन्ट स्क्यानरका विकल्पहरू एपमा उपलब्ध हुनेछन् । जसले, प्रयोगकर्ताहरूले गुगल ड्राईवमा स्ट्याक एपबाट स्क्यान गरिएका कागजातलाई पनि सुरक्षित राख्न सक्नेछ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here