काठमाडौं, २० चैत । राजनराज शिवाकोटीले संगीतबद्ध गरेको लोकप्रिय गीत फूलबुट्टे सारीको संस्कृत भर्सन सार्वजनिक भएको छ ।
यसअघि अफ्रिकी तथा पञ्जाबी भर्सनमा सार्वजनिक भईसकेको यस गीतको संस्कृत भर्सन शुक्रबार सार्वजनिक भएको हो ।
संस्कृतमा यस गीतलाई जागरण घिमिरेले गाएका हुन् भने संस्कृत भाषा रूपान्तरण केएन स्वामीले गरेका हुन् । केएन अफिसियल नामक यूट्युब च्यानलमा गीत सार्वजनिक गरिएको हो ।
संस्कृत भाषामा गीतको बोल फुल्लचित्रा शाटी हो ।
हेर्नुहोस् भिडियो