अब सबै जिल्लामा ब्रोकरले शाखा खोल्न पाउने

काठमाडौं, २० चैत । अब सेयर ब्रोकरले सबै जिल्लामा शाखा खोल्न पाउने भएका छन् । मुलुकभर शेयर पहुँच पुर्‍याउने उद्देश्यले नेपाल धितोपत्र बोर्डले सबै जिल्लामा ब्रोकरलाई शाखा दिन पाउने व्यवस्था गरेको हो ।

नयाँ व्यवस्था अनुसार केही धितोपत्र ब्रोकरले शाखा सञ्चालनका लागि स्वीकृति समेत पाइसकेका छन् । शाखा स्थापनाको अनुमति पाइसकेका ब्रोकरको सम्भाव्यता अध्ययनकालागि धितोपत्र बोर्डले कर्मचारी पठाइसकेको छ ।

यसअघि मोफसलमा मात्र करिब ४१ वटा रिमोर्ट वर्क स्टेसन (आरडब्लुएस) खुलि सकेका छन् । ती मध्ये अधिकांश सञ्चालनमा छैनन । तर, पोखरा, विरगञ्ज, बुटवल, नारायणगढ लगायत मुख्य शहरहरुमा भने केही शाखा सञ्चालनमा छन् ।

उपत्यका बाहिर आरडब्लूएस सञ्चालनका लागि नेप्सेबाट अनुमति लिनुपर्छ। यस्तो कार्यालय धितोपत्र ब्रोकर कम्पनीले मात्र सञ्चालन गर्न पाउँछन्।

आरडब्लूएसका लागि न्यूनतम १ सय वर्ग फिटको ‘ट्रेडिङ रुम’, न्यूनतम ४ सय वर्ग फिटको ‘डिस्प्ले रुम’, दुइटा कम्प्युटर, फोन, फ्याक्सलगायत पूर्वाधार हुनुपर्ने कानुनी व्यवस्था छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here