बैंकको शेयर किन्ने सोचमा हुनुहुन्छ ? यी हुन् सबैभन्दा कम मूल्य भएका ५ बैंक

काठमाडौं, २१ चैत । बैंकिङ्ग क्षेत्रलाई सबैभन्दा स्वच्छ लगानी हुने क्षेत्रको रुपमा हेरिन्छ । त्यसकारण बैंकको शेयरमा लगानी गर्ने धेरैको चाहना पनि हुन्छ ।

ठूलो संख्यामा आईपीओ भित्रिइरहँदा लगानीकर्ता पनि बढिरहेका छन्, जसले गर्दा सामान्य लगानीकर्ताको भीड प्राथमिक बजारमा मात्र नभएर दोस्रो बजारमा पनि उल्लेख्य देखिन्छ ।

शेयर बजारमा सुचिकृत कम्पनीहरु मध्ये वाणिज्य बैंक सबै हिसाबबाट उयुक्त मानिन्छ । राष्ट्र बैंकको प्रभावकारी नियमनका कारण ती संस्थामा संस्थागत सुसासन पनि राम्रो हुन्छ ।

अहिले बजार बढ्दो क्रममा छ, यस्तो अवस्थामा तुलनात्मक रुपमा अवस्था राम्रो नभएका कम्पनीका शेयर मूल्य अत्याधिक बढेको भेटिन्छ ।

त्यस्ता वृद्धिका पछाडी कुनै भरपर्दो आधार छैन् । यस्तो अवस्थामा वार्षिक मुनाफा कम देखिएपनि कम्पनीको संस्थागत सुसासन लाभांस वितरण लगाएतका आधारमा दिर्घकालका लागि वाणिज्य बैंकहरुमा गरिएको लगानी विवेकपुर्ण मानिन्छ ।

नेप्से परिसूचक धेरै माथी गईसकेकाले वाणिज्य बैंक समुह अन्र्तगत रहेका कम्पनीको शेयर मूल्य धेरै भईसकेको छ । यद्यपी अहिलेपनि सबैभन्दा कम शेयर मूल्य भएका ५ वटा वाणिज्य बैंकको विवरण प्रस्तुत गरिएको छ ।

यी हुन् सबैभन्दा कम शेयर मूल्य भएका ५ वाणिज्य बैंक

१. सिभिल बैंक

वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम शेयर मूल्य भएको बैंक सिभिल बैंक हो । कारोबार भएको अन्तिम दिनको मूल्य अनुसार यस बैंकको शेयर मूल्य प्रतिकित्ता २ सय ३१ रुपैयाँका कारोबार भईरहेको छ । वाणिज्य बैंकको शेयर किन्ने सोँच बनाउनुभएको तपाईंको लागि सिभिल बैंकको शेयर उपयुक्त हुन सक्छ ।

२. सेञ्चुरी बैंक

सेञ्चुरी बैंक पनि शेयरमूल्य थोरै हुने वाणिज्य बैंकको दोस्रो स्थानमा छ । कारोबार भएको अन्तिम दिनको मूल्य अनुसार यस बैंकको शेयर मूल्य २ सय ४५ रुपैयाँ छ । बैंकको वितरणयोग्य मुनाफा पनि १० अर्ब रुपैयाँ रहेको कारण तपाईंको लागि सेञ्चुरी बैंकको शेयर किन्नु उपयुक्त हुन सक्छ ।

३. लक्ष्मी बैंक

शेयर कारोबार भएको अन्तिम दिनको मूल्य अनुसार लक्ष्मी बैंकको शेयरमूल्य मात्र २ सय ८८ रुपैयाँ छ । यसअघि यस बैंकको शेयर मूल्य प्रतिकित्ता ३ सय ३१ रुपैयाँसम्म पुगेको थियो ।

४. बैंक अफ काठमाण्डू

नाफाका हिसाब वा लाभांश वितरणको हिसाबमा अग्र स्थानमा पर्ने बैंक अफ काठमाण्डूको शेयर पनि तपाईं सामान्य मूल्यमा नै प्राप्त गर्न सक्नुहुन्छ ।

सर्वाधिक ३ सय ४४ रुपैयाँ प्रतिकित्तासम्म पुगेको यस बैंकको शेयर मूल्य कारोबार भएको अन्तिम दिनको मूल्य अनुससार प्रतिकित्ता २ सय ९९ रुपैयाँ मात्रै छ । वाणिज्य बैंकको शेयर किन्ने सोँच बनाउनु भएको तपार्ईको लागि बैंक अफ काठमाण्डू पनि उत्तम हुनसक्छ ।

५. कुमारी बैंक

कुमारी बैंक सबैभन्दा कम शेयर मूल्य भएको वाणिज्य बैंकको पाचौं स्थानमा छ । कारोबार भएको अन्तिम दिनको मूल्य अनुसार यस बैंकको शेयर मूल्य प्रतिकित्ता ३ सय ५ रुपैयाँ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here