एनएमबिका ग्राहकहरुलाई एएसजी आँखा अस्पतालमा १० प्रतिशत छुट

काठमाडौं, २० चैत । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीले एएसजी आँखा अस्पतालमा १० प्रतिशत छुट पाउने भएका छन् ।

शुक्रबार भएको द्विपक्षीय समझदारी अनुसार ग्राहक तथा कर्मचारीले एएसजी आँखा अस्पतालमा १० प्रतिशत छुट पाउने भएका हुन् । अस्पतालले बैंकका डेबिट, क्रेडिट र क्युआर कोड मध्ये कुनै पनि माध्यमबाट रकम दिन सक्ने भएका हुन् ।

बैंकले हाल देशभरी १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा प्रदान गर्दै आइरहेका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here