६ वटा वाणिज्य बैंकको सीसीडी अनुपात ८० प्रतिशत नाघ्यो, औसतमा ७७ प्रतिशतमात्रै

काठमाडौं, २२ चैत । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक मध्ये ६ वटाको कर्जा निक्षेप तथा पुँजी (सीसीडी) अनुपात ८० प्रतिशत नाघेको छ । यो गत सातासम्मको तथ्यांक हो ।

८० प्रतिशतभन्दा माथि सीसीडी रेसियो पुर्‍याउने बैंकमा बैंक अफ काठमाण्डू, नबिल, मेगा, प्राइम, सानिमा र एनआईसी एसिया बैक रहेको छ । सीसीडी अनुपात बैंकले संकलन गरेको निक्षेपमध्ये बढीमा कति प्रतिशतसम्म लगानी गर्न पाउँछन भन्ने हो ।

कोभिड–१९ को प्रभावपछि राष्ट्र बैंकले बैंकहरुलाई ८५ प्रतिशत सीसीडी अनुपात कायमा गर्नु पर्ने व्यवस्था गरेको छ । यसअघि यस्तो अनुपात बढीमा ८० प्रतिशत हुनुपर्ने व्यवस्था थियो ।

बैंकको सीसीडी अनुपात ८० प्रतिशतमाथि पुगेपनि बैंकहरुको औसत यस्तो अनुपात ७७ प्रतिशतमात्र छ । यसको अर्थ बैंकहरुसँग अझै कर्जा प्रवाह गर्न सक्ने क्षमता छ भन्ने हो ।

गत साता सम्म वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन र कर्जा प्रवाह यसप्रकार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here