काठमाडौं, २१ चैत । नेपालमा थप १२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षण गर्दा १२८ जनामा संक्रमण पुष्टि भएको हो।
यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७७ हजार ७६८ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १६१ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार १२३ जना पुगेको मन्त्रालयले जनाएको छ ।
संक्रिय संक्रमितको संख्या १ हजार ६ सय १३ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३२ पुगेको छ ।