माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, २२ चैत । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । बिहान ११ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको बैठक स्थगित भएको हो । बैठकको अर्को मिति तोकिएको छैन ।

माओवादी केन्द्रले सरकारलाई दिइएको समर्थन आइतबारको स्थायी कमिटी बैठकबाट फिर्ताको निर्णय लिने चर्चा थियो । सरकारको राजीनामा मागेको तर आफैले सरकारलाई समर्थन जारी राखेको भन्दै माओवादीको चर्को आलोचना भएको थियो ।

माओवादीले समर्थन फिर्ता लिए आफुले राजीनामा दिने प्रधानमन्त्री ओलीले बताइसकेका छन् । माओवादी केन्द्रले समर्थन फिर्ता लिएसंगै ओली नेतृत्वको सरकार अल्पमतमा पर्नेछ ।

३० दिनभित्र विश्वासको मत लिन नसके नयां सरकार गठनको प्रक्रिया सुरु हुनेछ । त्यसमा पनि संसदमा बहुमत प्राप्त सबैभन्दा ठुलो दलले सरकार गठनको लागी अवसर पाउनेछ । प्रधानमन्त्री ओलीले फेरी सरकार आफ्नै नेतृत्वमा गठनका लागी पहल गर्नेछन् । प्रधानमन्त्री ओलीलाई जसपाले समर्थन गर्ने सम्भावना पनि छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समेत प्रधानमन्त्रीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेपछि माओवादी केन्द्रले पनि सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गर्न सक्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here