ज्योति लाइफको आइपीओ शेयर धनीको खातामा, कारोबार कहिलेबाट ?

काठमाडौं, २२ चैत । ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ शेयर धनीको डिम्याट खातामा आएको छ । सिडीएससीले लगानीकर्ताको डिम्याट खातामा शेयर पठाउन थालेको हो ।

कम्पनीले JLI सिम्बोल पाएको छ । कम्पनी लिमिटेडले फागुन २१ गते शुक्रबारदेखि फागुन २६ गते बुधबारसम्म गतेसम्म आइपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

हाल कम्पनीको उक्त आइपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । नेप्सेमा सुचिकृत भएपछि लगानीकर्ताले उक्त शेयर कारोबार गर्न सक्नेछन् ।

कम्पनीको आइपीओ ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले हात परेका छन् । जसमा कुल १८ लाख ४ हजार ६४८ जनाले ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताका लागि आवेदन दिएका थिए ।

आवेदक मध्ये जम्मा ५ लाख ९४ हजार जनाले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका छन् । भने १२ लाख बढीको हात रित्तो भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here