३४ वर्षपछि रियल सोसिडाडलाई कोपा डेल रेको उपाधि

एजेन्सी,२२ चैत । रियल सोसिडाडले ३४ वर्षपछि स्पेनिस कोपा डेल रेको उपाधि जितेको छ । गएराति भएको खेलमा सेभियालाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

सोसिडाडलाई उपाधि जिताउन माइकेल ओयार्जाबालले निर्णायक गोल गरे । उनले खेलको ६३ औँ मिनेटमा पेनाल्टीमा गोल गरेका हुन् । सोसिडाड १९८७ पछि कोपा डेल रेको च्याम्पियन बनेको हो ।

सोसिडाडले आठपटक फाइनल खेल्दा समग्रमा सोसिडाडको यो तेस्रो कोपा डेल रे उपाधि हो । यसअघि सोसिडाड १९०९ मा च्याम्पियन बनेको थियो । यो गएको वर्षकै फाइनल खेल हो ।

कोभिड १९ का कारण रोकिएको फाइनल खेल शनिबार राती खेलाइएको हो । यसअघि सोसिडाडले सन् १९८७ मा कोपा उपाधि जितेको थियो । यो सिजनको उपाधिका लागि अप्रिल १७ मा एथ्लेटिको बिल्बाओलो र बार्सिलोनाबीच प्रतिष्पर्धा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here