बारपाकमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ घाइते

गोरखा, २२ चैत । गोरखाको बारपाक घुम्न गएका शिक्षक चढेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बारपाक सुलिकोट गाउँपालिका शिक्षा शाखा प्रमुखसहित सात जना घाइते भएका छन् ।

ना ५ च ३२९८ नम्बरको जिप दुर्घटना हुँदा लमजुङ दूधपोखरी गाउँपालिका वडा नम्बर २ बिचौरस्थित बागिश्वरी माध्यमिक विदयालयमा पढाउने दुई जना शिक्षकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएस्पी प्रकाश दाहालले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा विद्यालयका प्रधानाध्यापक रामेश्वर न्यौपाने र शिक्षक ठाकुर दवाडी छन् । दुर्घटनामा गम्भिर घाइते उनीहरुलाई थप उपचारका लागि गोरखा अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

घाइते हुनेमा गाउँपालिका प्रमुख सुशिल नराल छन् । यस्तै विद्यालयकै अन्य ४ जना शिक्षक घाइते छन् । साँघुरो बाटोमा ब्रेक नलागेपछि भित्तामा ठोक्काउने क्रममा जीप पल्टिएर भीरबाट खसेको थियो । झण्डै डेढ सय मीटर तल दरौँदी नदीमा खसेको जीपबाट गएराती उद्धार गरेर शिक्षकहरुलाई अस्पताल लगिएको थियो ।

घाइतेमध्ये दुई जना शिक्षकलाई पोखरा र एक जनालाई भरतपुर पठाइएको छ । उनीहरुको अधिंकाश टाउकोमा चोट लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here