कारोबार शुरु भएको २० मिनेटमा ५ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, २२ चैत । साताको पहिलोदिन कारोबार शुरु भएको २० मिनेटमा ५ कम्पनीको शेयर मूल्य पोजेटिभ सर्किट लेभलमा पुगेको छ ।

आइतबार ११ बजेर २० मिनेट सम्ममा ओमी माइक्रोफाइनान्स, आइएमई जनरल इन्स्योरेन्स, एनआइसी एशिया लघुवित्त, सान्जेन जलविद्युत कम्पनी र किसान लघुवित्तको शेयर मूल्य पोजेटिभ सर्किट लेभलमा पुगेको हो ।

आइएमई जनरल इन्स्योरेन्सले कम्पनीले प्रस्तावित बोनस शेयर पश्चात कायम हुने कम्पनीको चुक्तापुँजीको ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव साधारण सभामा पेश गर्ने भएको छ । त्यस कारणले नै लगानीकर्ता झुम्मिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here