एलन मस्कले टेस्लामा थप दश हजारलाई रोजगारी दिने

काठमाडौं, २२ चैत । अमेरिकी कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कले सन् २०२२ सम्ममा थप १० हजार मानिसलाई रोजगार दिने घोषणा गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले यो कुराको घोषणा गरेका हुन् ।

मस्कले अस्टिन नजिकै निर्माण भइरहेको टेस्ला उत्पादन कारखानाले २०२२ सम्ममा १० हजार भन्दा बढी मानिसहरूलाई रोजगारी प्रदान गर्ने र यसको लागि कुनै प्रकारको डिग्री आवश्यक नपर्ने समेत बताएका छन् ।

धेरै विश्वविद्यालयमा सम्पर्क

कम्पनीका रोजगार विभागका प्रबन्धक क्रिस रेलीका अनुसार कम्पनीले अस्टिन कम्युनिटी कलेज, ह्युस्टन-टिलोटसन युनिभर्सिटी, टेक्सास विश्वविद्यालय र डेल भेले इण्डिपेन्डन्ट स्कूल डिस्ट्रिक्टलाई रोजगारीको लागि सम्पर्क गरेको छ ।

उनले भने ‘कम्पनीले आफ्नो शिक्षा शुरू गर्न र टेस्लामा क्यारियर शुरू गर्न चाहने विद्यार्थी भर्ना गर्ने बारे पनि सोचिरहेको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here