लगानीकर्ताको रोजाइमा ‘निफ्रा’,अपरदेखि पुनर्बीमासम्म, कुनको कारोबार कति ?

काठमाडौं, २२ चैत । साताको पहिलोदिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक ‘निफ्रा’को शेयर परेको छ ।

आइतबार कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा निफ्रा पहिलो नम्बरमा देखिएको हो । त्यसदिन निफ्राको ४६ करोड ८१ लाख १० हजार ९८१ रुपैयाँ बराबरको ८ लाख २ हजार १६७ कित्ता शेयर खरिद–बिक्री भएको छ।

५९५ रुपैयाँमा कारोबार खुलेको उक्त कम्पनीको शेयर मूल्य १४ रुपैयाँ घट्दै ५८१ रुपैयाँमा कारोबार बन्द भएको छ ।

अपर तामाकोशीको शेयर कारोबारको आधारमा दोस्रो नम्बरमा परेको छ । त्यसदिन अपर तामाकोशीको २८ करोड १० लाख ६६ हजार २३० रुपैयाँ बराबरको ३ लाख २२ हजार ७७२ कित्ता शेयर खरिद–बिक्री भएको छ।

८७९ रुपैयाँमा कारोबार खुलेको उक्त कम्पनीको शेयर १७ रुपैयाँ घट्दै ८६२ रुपैयाँमा कारेबार बन्द भएको छ ।

कारोबारको तेस्रो नम्बरमा पुनर्बीमा कम्पनीको शेयर परेको छ । त्यसदिन पुनर्बीमाको २६ करोड ८२ लाख १६ हजार ७३ रुपैयाँ बराबरको १ लाख ७७ हजार ९७४ कित्ता शेयर खरिद–बिक्री भएको छ ।

१४५४ मा कारोबार सुरु भएको पुनर्बीमा कम्पनीको शेयर मूल्य ६४ रुपैयाँ बढ्दै १५१८ रुपैयाँ पुगेर कारोबार बन्द भएको छ ।

कारोबारको नबिल बैंकको शेयर परेको छ । त्यसदिन नबिलको २४ करोड ५७ लाख ७६ हजार ४१ रुपैयाँ बराबरको १ लाख ८८ हजार ३७७ कित्ता शेयर खरिद–बिक्री भएको छ ।

करोबारको पाँचौं नम्बरमा पुडेन्सियल इन्स्योरेन्सको शेयर परेको छ । पुडेन्सियल इन्स्योरेन्सको २३ करोड ३२ लाख ९८ हजार २१६ रुपैयाँ बराबरको २ लाख २८ हजार ३५८ कित्ता शेयर खरिद–बिक्री भएको छ ।

आज शेयर बजार मापक सूचक नेप्से २५.७१ अंकले बढेर २६५७.६१ विन्दुमा पुगेको छ । यो नेपाली शेयर बजारइतिहासकै सबैभन्दा उच्च विन्दुको रेकर्ड हो । यसअघि नेप्सले फागुन ९ गत इतिहासकै सर्वाधिक २६४०.३४ विन्दुको रेकर्ड बनाएको थियो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१२ कम्पनीको ९ अर्ब ६८ लाख ५८ हजार ५५८ रुपैयाँ बराबरको १ करोड ८१ लाख ७३ हजार ३७८ कित्ता शेयर किनबेच भएका छन्।

कारोबारमा आएका १३ वटा समूहमध्ये ८ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ५ वटा समूहको परिसूचक राताम्मे भएका छन् । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ५४३.५८ अंकले बढेको छ भने व्यापार समूह सबैभन्दा धेरै २०३.५९ अंकले घटेको छ ।

कारोबारमा आएका २१२ कम्पनीमध्ये १२० कम्पनीको शेयर मूल्य बढेको छ भने ७१ कम्पनीको मूल्यमा गिरावट आएको छ । २१ कम्पनीको मूल्य स्थिर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here