रेकर्ड कायम भएको शेयर बजारमा ७ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं, २२ चैत । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा नयाँ रेकर्ड कायम भएको हो । आइतबार नेप्से परिसूचक २५.७१ अंकले बढेर २६५७.६१ अंकमा पुगेसंगै शेयर बजारमा नयाँ रेकर्ड कायम भएको हो । यसअघी अलटाइम हाई रेकर्ड २६४० थियो ।

आज राम्रा र बलिया कम्पनीका मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । आइतबार इन्डेक्स ४.३३ अंकले बढेर ४७०.७५ अंकमा पुगेको छ । इन्डेक्स पनि अहिलेसम्मकै सबैभन्दा उच्च अंक हो ।

आइतबार ट्रेडिङ, इन्भेष्टमेन्ट, सामुहिक लगानी कोष, होटल एण्ड टुरिजम र उत्पादन तथा प्रशोधन बाहेक अन्य सबै समुहको सूचक बढ्यो । सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक घट्यो । ट्रेडिङको सूचक ४.३९ प्रतिशत घट्यो । त्यस्तै, इन्भेष्टमेन्टको २.३५ प्रतिशत घट्यो ।

सबैभन्दा धेरै निर्जीवन बीमा समुहको सूचक बढ्यो । निर्जीवनको सूचक ३.९७ प्रतिशत बढ्यो । त्यस्तै, अन्य समुहको ३.४१ प्रतिशत, फाइनान्सको ३.६६ प्रतिशत बढ्यो ।

आइतबार कारोबार रकममा पनि सुधार भएको छ । आज २१२ कम्पनीको १ करोड ७३ लाख ७ हजार ३ सय २८ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ६८ लाख रुपैयाँ बराबरको कारोबार गर्यो ।

आज ७ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । आइतबार सबैभन्दा धेरै ओमी लघुवित्तका शेयर धनीले कमाए । लघुवित्तको शेयर मूल्य ९.९९ प्रतिशत बढ्यो । त्यस्तै, जेनेरल इन्स्योरेन्सको पनि ९.९९ प्रतिशत नै बढ्यो ।

सबैभन्दा धेरै साल्ट ट्रेडिङका शेयर धनीले गुमाए । कम्पनीको शेयर मूल्य ४.६३ प्रतिशत घट्यो । त्यस्तै, सर्पोट लघुवित्तको ४.१३ प्रतिशत घट्यो ।

आइतबार सबैभन्दा धेरै कारोबार नेपाल इन्फास्ट्रक्चर बैंकले गर्यो । बैंकले ४६ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here