शेयर बजार : लगानीकर्ताको सम्पत्ति एकैदिन ३६ अर्ब बढ्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचकले ऐतिहासिक उचाइ चुम्यो । रेकर्ड कायम भएको शेयर बजारमा आज एकैदिन लगानीकर्ताको सम्पत्ति ३६ अर्ब रुपैयाँले बढेको छ ।

लगानीकर्ताको सम्पत्ति ३६ अर्ब बढेसंगै कुल बजार पुँजी ३६ खर्ब ७१ अर्ब पुगेको छ । यसअघी गत बिहीबार कुल बजार पुँजीकरण ३६ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको थियो ।

आज परिसूचकले २५.७१ अंकले बढेर २६५७.६२ को विन्दुमा उक्लिएको पुग्यो । यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु हो । यसअघि गत फागुन ९ गते नेप्से २६४० को विन्दुमा पुगेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here