नेपालमा एकैदिन १७६ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २२ चैत । नेपालमा थप १७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा ३४५६ जनाको पीसीआर परीक्षण गर्दा १७६ जनामा संक्रमण पुष्टि भएको हो। जसमा भक्तपुरमा ४, ललितपुरमा ८ र काठमाडौँमा ८७ गरी उपत्यकामा मात्रै ९९ सय जनामा रहेका छन् ।

यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७७ हजार ९४४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ११७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार २४० जना पुगेको मन्त्रालयले जनाएको छ ।

संक्रिय संक्रमितको संख्या १ हजार ६ सय ७२ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here