नबिल बैंक र नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघ बिच सम्झौता

काठमाडौं, २२ चैत । नबिल बैंक र नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघ बिच स्थानिय तयारी पोशाक उत्पादन व्यवसायीलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्ने सम्झौता भएको छ ।

निरज कुमार बस्नेत (डनिल), प्रमुख एस.एम.ई. तथा लघुवित्त, नबिल बैंक र किशोर नेपाल, अध्यक्ष, एन.एस.टी.पि.उ.एसले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन । सो कार्यक्रममा नबिल बंैकको तर्फबाट मनोज कुमार यादव, प्रबन्धक–लघुवित्त विभाग र एन.एस.टी.पि.उ.एसको तर्फबाट सुमित प्रधान, उपाध्यक्षको उपस्थिति थियो ।

नबिल बैंकले देशभर ११९ वटा शाखा कार्यलयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्ट मार्फतसेवा प्रवाह गरिरहेको छ.।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here