किरण चेम्जोङ ‘एएफसी प्लेयर अफ दि विक’ घोषित

काठमाडौं, २३ चैत । नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण कुमार चेम्जोङ एसियाकै साताको उत्कृष्ट खेलाडी बनेका छन् ।

साउदी अरेबियाका सलेह अल–सेहेरी, ईराकका अल अली महवइले पछि पार्दै चेम्जोङ एसियाकै साताको उत्कृष्ट खेलाडी बनेका हुन् ।

नेपालले घरेलु भूमिमा ३७ वर्षपछि उपाधि जित्दा नायक बनेका उनले ५५.६९ प्रतिशत मत ल्याउदै ‘एएफसी प्लेयर अफ दि विक’ बन्न सफल भए।

दोस्रो स्थानमा साउदी अरेबियाका सलेह अल–सेहेरी रहे। उनको कुल २०.७२ प्रतिशत र तेस्रो स्थानका ईराकका अल अली महवइले १०.१६ प्रतिशत मत पाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here