अनुहारका दाग, धब्बालाई घरेलु उपचारबाट यसरी हटाउनुहोस्

काठमाडौं । सबै मानिसको चाहाना आफ्नो अनुहार सुन्दर होस् भन्ने हुन्छ । अनुहारमा कुनै प्रकारको दाग आयो भने मानिसको सुन्दरता हराउने गर्छ । यसले गर्दा मानिसहरु निकै चिन्तामा रहने गर्छन् । अनुहारमा देखा पर्ने दाग हटाउन विभिन्न प्रकारका क्रिमहरुको प्रयोग गर्ने गरिन्छ ।

तर, बजारमा पाइने यस्ता क्रिमहरुले छालालाई असर गर्छन् । त्यसैले हामीले यस्ता क्रिमहरु बडी मात्रामा प्रयोग गर्न हुदैन । हामी हाम्रो अनुहारमा देखापर्ने दागहरु घरेलु उपचारका माध्यमबाट हटाउन सक्छौं ।

अनुहारमा देखापर्ने दाग हटाउन मद्धत गर्ने घरेलु उपायहरु यस्ता छन् :

१. कागतीको रस

दाग भएको ठाउँमा कागतीको रस लगाएर आधा घण्टापछि सफा पानीले सफा गरेमा दाग हराउँदै जान्छ । नतिजा देखापर्न दुई÷तीन महिनासम्म नियमित कागतीको रस लगाउने गर्नुपर्छ ।

२. स्ट्रबेरी

पाकेको स्ट्रबेरीको पेस्ट बनाई नियमित दाग भएको ठाउँमा लगाउने र १५ मिनेटपछि चिसो पानीले धुने गर्नाले केही सातापछि नै दाग हराउँदै गएको महसुस गर्न सकिन्छ ।

३. खरबुजा

खरबुजाको रसमा चामल मिसाएर अनुहारमा लगाई १५ मिनेटपछि धुने गर्नाले केही सातापछि दाग कम हुँदै जान्छ ।

४. मेवा

पाकेको मेवालाई दाग लागेको ठाउँमा हल्का मसाज गर्ने र २० मिनेटपछि मनतातो पानीले धुने गर्नाले दाग हराउँछ ।

५. घ्यूकुमारी

छालाको समग्र सुन्दरताका लागि घ्यूकुमारी ज्यादै उपयोगी वनस्पति हो । यसको गुदीलाई दाग भएको ठाउँमा लगाई ४५ मिनेटपछि धुने गर्नाले एक महिनाभित्रैमा सुधार देख्न सकिन्छ ।

६. बदाम

बदामलाई पानी अथवा दूधमा १२ घण्टा भिजाई यसको बोक्रा फाल्ने र गुलाबजलसँग लेप बनाउने । यसरी तयार पारेको लेप दाग लागेको ठाउँमा दल्ने र सुकेपछि धुने । यसो गर्नाले दाग हराउँदै जान्छ ।

७. जाइफल

जाइफललाई मरिचसँग मिसाई पिस्ने र काँचो दूधमा यसको लेप बनाई अनुहारमा दल्ने । त्यसको दुई घण्टापछि अनुहार धुने । यसो गर्नाले दागसँगै डन्डीफोर पनि हराएर जान्छ । तर, जाइफलको नियमित प्रयोग गर्नु चाहिँ हुँदैन ।

८. जैतुनको तेल

दाग भएको ठाउँमा जैतुनको तेल लगाउनाले पनि दाग हराउँदै जान्छ ।

९. चन्दन

चन्दन घोटेर गुलाबजल अथवा दूधसँग मिसाई लेप बनाएर दाग भएको ठाउँमा दल्ने र एक घण्टापछि पखाल्ने गर्नाले दाग हराउँदै जान्छ ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here