स्पेनिस ला लिगाः प्रथम स्थानको एथ्लेटिकोसंग अंकदूरी घटाउने दाउमा बार्सिलोना

काठमाडौं, २३ चैत । स्पेनिस ला लिगामा आज उपाधि दाबेदारको रुपमा रहेको बार्सिलोना भ्लालाडोलिडसँग खेल्दैछ ।

बार्सिलोना र भ्लालाडोलिड बिचको खेल नेपाली समयानुसार राति १२ः४५ बजे बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।

यस खेलमा बार्सिलोना दोस्रो स्थानको रियल मड्रिडलाई उछिन्ने र पहिलो स्थानमा रहेको एथ्लेटिको मड्रिडसंगको अंकदूरी घटाउने दाउमा छ ।

अहिलेसम्म लिगमा २८ खेल खेलको बार्सिलोना ६२ अङ्कसहित अंक तालिकाको तेस्रो स्थानमा छ । बार्सिलोनाभन्दा एक खेल बढी खेलेको रियलसँग ६३ अङ्क छ । भ्लालाडोलिड भने २७ अङ्कका साथ १६ औं स्थानमा छ ।

एथ्लेटिको मड्रिड २९ खेलमा ६६ अंकसहित अंक तालिकाको प्रथम स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here